२०८३ बैशाख १७
April 30, 2026, Thursday

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

कोशीपारी अनलाइन
फागुन १, काठमाण्डौं

रौतहट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै उत्कृष्ट घोषित भएको छ । १७ वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गौरले ६६.१७ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।

आयोगको प्रतिवेदन अनुसार राजपुर नगरपालिका ५९.९६ अङ्कसहित दोस्रो र बौधीमाई नगरपालिका ५९.७४ अङ्कसहित तेस्रो स्थानमा रहेका छन् । इशनाथ (५९.५९), मौलापुर (५८.९७), परोहा (५७.१४), राजदेवी (५२.५१), माधवनारायण (५२.४०) र चन्द्रपुर नगरपालिका (५०.९०) अङ्कसहित मध्यम स्थानमा छन् । गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) अङ्क कार्यसम्पादन मूल्याङ्कनमा ल्याएका हुन् ।

गुजरा (४८.७३), गढीमाई (४६.२०), यमुनामाई (४६.०६), गरुडा (४३.८४), कटहरिया (४३.७५), दुर्गा भगवती (४२.६०), फतुवा विजयपुर (३५.४१) र वृन्दावन (३१.६९) कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका छन् । देवाही गोनाही नगरपालिका ३०.९१ अङ्कका साथ जिल्लाकै अन्तिम स्थानमा पुगेको छ । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले यो सफलतालाई नगरवासीको साझा उपलब्धि भन्दै यसले सुशासन र सेवा प्रवाहमा थप ऊर्जा प्रदान गरेको बताए । उनले आगामी दिनमा पारदर्शिता र जवाफदेहितालाई थप प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

आयोगले स्थानीय तहको बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य (खोप र मातृस्वास्थ्य), राजस्व परिचालन, योजना तर्जुमा र बेरुजु व्यवस्थापन जस्ता महत्वपूर्ण १७ सूचकहरूलाई आधार मानेर यो अङ्क प्रदान गरेको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन १

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP