२०८३ बैशाख १५
April 28, 2026, Tuesday

सडक विस्तारमा सिडओको सक्रियता 

सडक विस्तारमा सिडओको सक्रियता 

कोशीपारी अनलाइन, काठमाण्डौं
मंसिर १२, २०८२

हेटौंडा । मकवानपुरमा २५–२५ मिटर सडक विस्तार कार्यलाई गति दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारी स्वय फिल्डमा खटिएका छन् ।
भीमफेदी गाउँपालिका र गढी गाउँपालिका क्षेत्रअन्तर्गत सामारी आसपासको सडक सिमानावाचन तथा नापजाँच कार्य सिडिओ अधिकारीको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भइरहेको छ ।
सडक विस्तारको प्रक्रियामा प्रशासन प्रमुख आफै अग्रसर बनेपछि स्थानीयवासी उत्साहित बनेका छन् । लामो समयदेखि अल्झिएको सडक विस्तार यसपटक प्रभावकारी रूपमा अघि बढ्ने जनविश्वास थप बलियो बन्दै गएको छ ।
सिडिओ अधिकारीले भने, ‘२५ मिटरको सडक यसपालि जसरी पनि विस्तार गरेरै छोडिन्छ। सुव्यवस्थित विकासका लागि सडक विस्तार अनिवार्य छ ।’
उनको पहलसँगै प्रशासन, प्रहरी तथा प्राविधिक टोली सडक सिमाना नापजाँचमा सक्रिय रहेका छन् । फिल्डमा मुख्य अधिकारीको उपस्थिति देखेपछि स्थानीयले काम द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
एक स्थानीयले भने, ‘सिडिओ साहेब आफै आएका देख्दा हाम्रो गुनासो सुन्ने र काम असरदार हुने आशा बढेको छ ।’
सडक विस्तारलाई कुनै हालतमा रोक्न नदिने प्रशासनको दृढताका रूपमा सिडिओ बसन्त अधिकारीको सक्रियता हेरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP