२०८३ बैशाख १५
April 28, 2026, Tuesday

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

कोशीपारी अनलाइन
कात्तिक १२, काठमाण्डौं

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
कम्पनीको शेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP