२०८३ बैशाख १५
April 28, 2026, Tuesday

१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो

१६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो

कोशीपारी अनलाइन
कात्तिक २, काठमाण्डौं

साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।
यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९ सय कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आजभने कारोबार घटेको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.१३, फ्‌लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्‌लोट इन्क्डेक्स ०.७२ अंकले बढेको छ । आज आत्मनिर्भर लघुवित्त शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य आज प्रतकित्ता ६०९.९० रुपैयाँले बढेर ६७१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी यसदिन हिमालयन पावर पार्टनर लिमिटेड र भगवती हाइड्रोको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.१० प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्योरेन्स, हिमालयन डिस्टीलरी, युनियन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP