२०८२ फाल्गुन २५
March 9, 2026, Monday

यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व

यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व

कोशीपारी अनलाइन संवाददाता
कात्तिक २, काठमाण्डौं

यमपञ्चकका पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।
डा.उत्तम उपाध्यय न्यौपाने
संस्कृति अध्येता

तिहार हाम्रो हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।
तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन नर्व चतुर्दशी वा गाईपूजा, चौथो दिन लक्ष्मी पूजा र पाँचौं दिन भाईटीका वा दाजुभाइ–दिदीबहिनीको सद्भाव र प्रेमको पर्व मानिन्छ ।
यमपञ्चकका यी पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।
लक्ष्मी पूजाको दिनलाई सम्पन्नताको प्रतिक मानिन्छ । माता लक्ष्मीको पूजा अँध्यारो रातमा वा बेलुकामा गरिन्छ र यस दिन घर–आँगनमा दीप प्रज्वलन गरी समृद्धिको कामना गरिन्छ । भाइटीकाको दिन दिदीहरूले आफ्ना दाजुभाइको लामो उमेर र कल्याणको कामना गर्दै टिका लगाउने र उपहार दिने प्रचलन छ । यसरी तिहार केवल देवी–देवताको पूजा मात्र नभएर दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई सुदृढ बनाउने सामाजिक पर्व पनि हो ।
यस पर्वले प्राकृतिक चक्र, ऋतु परिवर्तन र जीवनका सुख–दुःखसँग सम्बन्धित महत्वपूर्ण सन्देश पनि दिन्छ । शरदकालको अन्त्य र हेमन्त ऋतुको आगमन, कृष्ण–शुक्ल पक्षको क्रम र यमराजसँगको दिदी–भाइको सम्बन्ध पर्वको पौराणिक र धार्मिक अर्थलाई अझ प्रगाढ बनाउँछ । यमपञ्चकका यी पाँच दिनहरूमा मृत्यु भए पनि त्यसले नर्कमा नभई स्वर्गमा जाने विश्वास छ । यसले मानिसमा धर्म, नैतिकता र सामाजिक सम्बन्धको महत्वबोध गराउँछ ।
यसरी तिहार हिन्दू धर्मावलम्बीहरूको लागि बहुआयामिक, सांस्कृतिक, धार्मिक र सामाजिक पर्व हो । यो पर्व प्रकृति पूजक परम्परामा आधारित छ र सनातन धर्मको जीवित प्रतीकको रूपमा रहँदै आएको छ । केवल पूजा र उत्सवको दिन मात्र नभएर, यो पर्व परिवार, प्रेम, सद्भाव र सामाजिक समृद्धिको पनि पर्व हो ।
यमपञ्चक भन्नु नै यमपास दण्ड जसलाई हामी दक्षिणका देवताका रुपमा यमराजलाई मान्दछौं । पृथीवी तत्व अन्तर्गत यम र यमुना भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मीएका यमराज हुन् । जसलाई यमहः पनि भनिन्छ र उनकी बहिनी यमुना बिच यो पाँच दिनको पर्व मनाइन्छ । यी दिदी भाइ बिचको प्रेमको रुपमा मनाउने गरिन्छ ।(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ कार्तिक २

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP