२०८३ बैशाख १५
April 28, 2026, Tuesday

भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

कोशीपारी अनलाइन संवाददाता
असोज ३१, काठमाण्डौं

सर्लाही । मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो । तर भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।
त्यसबेला अख्तियारले अदालतमा आरोपपत्र दायर नगरिएकाले र कुशवाहा धरौटीमा रिहा भएकाले निलम्बन हटाइएको उल्लेख गरिएको थियो । तर पछिल्लो अनुसन्धानपछि अख्तियारले कुशवाहामाथि पुनः भ्रष्टाचारको अभियोग दायर गरेको हो ।
कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी ती समिताबाट संकलित रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थमार्फत आफ्नै खातामा जम्मा गरेको प्रमाण फेला परेको छ । सोही आधारमा अख्तियारले उनीमाथि आरोपपत्र दायर गरेको जनाएको छ ।
कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनको निलम्बनले हालै नियुक्त मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको विश्वासको मतमा असर पर्ने अनुमान गरिएको छ ।
५६ सांसदको समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री सोनलले जनमत पार्टीका दुई सांसदले समर्थन फिर्ता लिएपछि नै दबाब झेलिरहेका छन् ।
अब कुशवाहाको निलम्बनसँगै सरकारका लागि आवश्यक मतको सङ्ख्या अझै घट्ने देखिएको छ । मधेस प्रदेशसभामा हाल १०७ सदस्य छन् । तीमध्ये कुशवाहासहित एमालेका दीपेन्द्र ठाकुर र अभिराम शर्मा गरि तीन जना सांसद निलम्बित भइसकेका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP