कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरे ।
उनले लेखेका छन् ,‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन–जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।’
उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मुल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरुभित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी भएको उनको भनाई छ ।
‘तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईहरुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।’उनले भने
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...