२०८३ बैशाख ८
April 21, 2026, Tuesday

देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

कोशीपारी अनलाइन संवाददाता
असोज २०, काठमाण्डौं

देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।
सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।
तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।
अरनिको राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ भने कान्ति लोकपथको घट्टे पाखामा पुनः पहिरो खसेर बाटो अबरुद्ध भएको विभागले जनाएको छ । मेची करिडोरमा माईखोला र पुवाखोला पुल बगाएको र थादे खोलाको बक्स कल्भर्ट क्षेत्रमा डुबान भएर यातायात सञ्चालन कठिन भएको छ ।
हुलाकी सडकको वीरगञ्ज क्षेत्रमा क्षति नभए पनि कमला क्षेत्रमा बाढी सतह उच्च छ भने कन्काई पुल नजिकै सडक बगाएको र लोहन्द्रा पुलमा भराइको जोखिम बढेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत मेची नगरपालिका–१ मा काली खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । सम्बन्धित निकायले करिब बेलुकी ५ बजेसम्म वैकल्पिक व्यवस्था पूरा गर्ने जनाइएको छ ।
मध्यपहाडी राजमार्गको रामेछाप–सिन्धुली खण्डमा उपकरण परिचालन भइसकेको छ । खुरकोट–घुर्मी र जयाराम–हलेसी खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने बाँकी खण्डमा मर्मत कार्य जारी छ ।
त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP