कोशीपारी अनलाइन .संवाददाता
असोज १७, काठमाण्डौं
रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् ।
भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् ।
लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् ।
आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीका सञ्चालक रामबहादुर साही बताउँछन् । केही वर्ष अस्थायी जागिर खाएपछि २०४६ सालदेखि फूलको नर्सरीमा लागेको उनले बताए ।
२०५३ सालबाट काठमाडौंमा आफ्नै नर्सरी र फूल खेती गर्दै आएका रामबहादुरले काठमाडौंको नर्सरी छोराले सम्हाल्न सक्ने भएपछि अहिले गाउँमा नै आएर नर्सरी र फलफूल खेती गर्दै आएका छन् ।
साहीले फलफूलको नर्सरी र फूल खेतीको साथमा गाउँमा नै ड्रागन फ्रुटको समेत खेती गर्दै आएका छन् । अहिले उनका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । यस वर्ष ड्रागन फ्रुटको फल मात्र ६ लाख रुपैँया बढीको बिक्री हुने उनको अनुमान छ ।
ड्रागन फ्रुट प्रति किलो ३ सयदेखि ३ सय ५० रुपैयाँमा बगैँचाबाट बिक्री हुने उनले बताए । फूल र सजावटका बिरुवा भने सबै काठमाडौं पठाइने उनले जानकारी दिए ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...