२०८२ कार्तिक २१
November 7, 2025, Friday

लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

कोशीपारी अनलाइन संवाददाता
असोज २, काठमाण्डौं

नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।
जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।
पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि शेयर कारोबार नै बन्द हुन पुगेको छ ।
बजारमा किन्ने भन्दा बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । मुलुकको पछिल्लो राजनितीक घटनाक्रमले लगानीकर्ता अत्तालिएपछि नेप्सेमा भिषण पहिरो गएको हो । आज कारोबारमा आएका २१७ कम्पनीको शेयर घटेको छ भने ९ वटा कम्पनीको शेयर मात्रै बढेको छ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ आश्विन २

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ आश्विन २

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ आश्विन २

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP