कोशीपारी अनलाइन संवाददाता
असोज २, काठमाण्डौं
नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।
जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।
पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा आजका लागि शेयर कारोबार नै बन्द हुन पुगेको छ ।
बजारमा किन्ने भन्दा बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । मुलुकको पछिल्लो राजनितीक घटनाक्रमले लगानीकर्ता अत्तालिएपछि नेप्सेमा भिषण पहिरो गएको हो । आज कारोबारमा आएका २१७ कम्पनीको शेयर घटेको छ भने ९ वटा कम्पनीको शेयर मात्रै बढेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...