२०८२ माघ ५
January 19, 2026, Monday

राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह

कोशीपारी अनलाइन संवाददाता
भदौ २७, काठमाण्डौं

नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकको भनाइअनुसार नेपाल सरकार, रक्षा मन्त्रालय तथा नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था मिलाइएको छ । यस क्रममा सञ्चालनमा रहेका बैंकका शाखा, एटीएम तथा अन्य उपलब्ध सेवाबारे जानकारी सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सूचनामा भनिएको छ, “यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गरी कारोबार गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ ।”

राष्ट्र बैंकले आपत्कालीन परिस्थितीमा समेत वित्तीय सेवा पहुँचमा ल्याउन तथा भीडभाड न्यून गराउन डिजिटल माध्यमलाई सुरक्षित विकल्पका रूपमा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

Related News

महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...

सुनिताले दिइन बालेनलाई धन्यवाद
सुनिताले दिइन बालेनलाई धन्यवाद
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...

निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
  • २०८२ भाद्र २७

कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...

TOP