२०८२ मंसिर १९
December 5, 2025, Friday

कालिमाटीमा Nova Educational Consultancy Nepal Pvt. Ltd. संचालनम

कालिमाटीमा Nova Educational Consultancy Nepal Pvt. Ltd. संचालनम

कोशिपारी अनलाइन सम्बादाता 

साउन ३१, काठमाडौ

काठमाडौं । राजधानीको कालिमाटी–१३, काठमाडौं (माली पेट्रोल पम्प र सिद्धार्थ बैंकको बीचमा) अवस्थित Nova Educational Consultancy Nepal Pvt. Ltd. औपचारिक रुपमा संचालनमा आएको छ ।

विद्यार्थी तथा कामदार भिसा सम्बन्धी परामर्श दिने उद्देश्यले स्थापना गरिएको यस कन्सल्टेन्सीले विशेषगरी जापानका विभिन्न शहरका स्कुल तथा विश्वविद्यालयमा अध्ययन र रोजगारीका लागि सहज र विश्वासिलो सेवा प्रदान गर्ने जनाएको छ ।
कन्सल्टेन्सीले विद्यार्थी भिसा प्रक्रियामा सहजीकरण गर्ने मात्र नभई  Certificate of Eligibility (COE) आउनु अघि कुनै शुल्क नलिने नीतिसमेत अवलम्बन गर्ने जनाएको छ । साथै, अनुभवी प्रशिक्षकहरूद्वारा विद्यार्थी, वर्किङ र ट्रेनिङका लागि जापानी भाषा कक्षा सञ्चालन गर्ने र विद्यार्थी भिसा आवेदनकर्तालाई जापानी भाषा निःशुल्क पढाइने व्यवस्था गरिएको छ ।

यस संस्थाले दक्ष तथा अनुभवी व्यक्तित्वहरूबाट परामर्श उपलब्ध गराउने, सजिलै भिसा Apply गर्ने प्रक्रिया सञ्चालन गर्ने र +2 वा Bachelor सकेका विद्यार्थीहरूले विद्यार्थी भिसा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । Student Visa मात्र नभई SSW, Bachelor वा Training Visa सम्बन्धी सम्पूर्ण परामर्श तथा सेवा यस कन्सल्टेन्सीले प्रदान गर्ने जनाएको छ ।

प्रस्तुत छ हाम्रो कोशिपारी अनलाइनले यस Nova Educational Consultancy का प्रेसिडेन्ट बिराट कुमार घिसिङसँग गरिएको कुराकानी :- 
प्रश्न: Nova Educational Consultancy स्थापना गर्नुको मुख्य उद्देश्य के हो?
बिराट कुमार घिसिङ : हाम्रो मुख्य उद्देश्य जापान जान चाहने विद्यार्थी तथा कामदारलाई सहज र विश्वासिलो मार्गदर्शन दिने हो । धेरैजसो विद्यार्थीहरू गलत जानकारीका कारण धोका पाउने गरेका छन्, त्यसलाई रोक्न व्यावसायिक र पारदर्शी सेवा दिन हामीले यस Nova Educational Consultancy संचालन गरेका हौँ ।
प्रश्न: अन्य कन्सल्टेन्सीभन्दा तपाईंकोमा फरकपन के छ?
बिराट कुमार घिसिङ : पहिलो कुरा, हामीले Certificate of Eligibility (COE) आउनु अघि कुनै शुल्क लिन्ने छैनौँ । दोस्रो, विद्यार्थी भिसा आवेदन गर्नेहरूलाई जापानी भाषा निःशुल्क पढाइनेछ । अनि हामीले अनुभवी प्रशिक्षक र परामर्शदाताबाट मात्र सेवा दिने भएकाले विद्यार्थीहरूले सजिलो महसुस गर्नेछन् ।
प्रश्न: के कति सम्म अध्ययन गरेका विद्यार्थीहरूले र अन्य के कस्तो सिप भएकाहरुले यहाँ आवेदन दिन सक्छन्?
बिराट कुमार घिसिङ : हामीले +2 सकेकाहरू, Bachelor पास गरेका वा पढाईमा केहि समय खाली (Gap in Studies) लाई समेत विद्यार्थी भिसामा जापानका विभिन्न शहरको स्कुल तथा युनिभर्सिटीहरुमा विद्यार्थी भिसामा आवेदन दिन सकिन्छ साथै सम्बन्धित काममा दक्षता हासिल गरेर जापानी भाषा उतिर्ण गरेकाहरुलाई SSW एवं Bachlor Visa र Training Visa को आगि आवेदन दिन सक्छन् । विद्यार्थीहरूको योग्यताअनुसार हामीले जापानका विभिन्न सहरका स्कुल तथा युनिभर्सिटीमा पठाउने व्यवस्था गर्छौँ ।

प्रश्न: भविष्यमा Nova Educational Consultancy को अबको योजना बताउनुस न  ?
बिराट कुमार घिसिङ : हाम्रो एउटै लक्ष्य भनेको विद्यार्थी भिसा र वर्किङ भिसामा जान चहाने विद्यार्थीहरुलाई सहि परामर्श दिई सहि गन्तव्यमा पुर्याउनु हो । निकट भविष्यमा हामीले सबैको बिस्वस्नियता बढाई अन्य शाखाबाट पनि यहाँहरुलाई परामर्श सेवा विस्तार गर्ने योजना बनाइरहेका छौँ ।

प्रश्न: अन्त्यमा जापान जान सोच बनाई बसेका सम्पूर्ण विद्यार्थीलाई यहाँको आग्रह के छ ?
बिराट कुमार घिसिङ : जापानमा अध्ययन गर्न एवं वर्किङ भिसामा जान चाहानु हुने सम्पूर्ण विद्यार्थीहरुले हामीलाई सम्पर्क राख्नुहोला । हामी यहाँबाट सहि परामर्श दिई भाषागत ज्ञान , जापान देश यहाँ पाउन सक्ने अवसर बारे जानकारी दिनुका साथै विद्यार्थी र वर्किङमा जानेहरुलाई सहि बाटो देखाउने छौ । त्यसैले एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोला भन्न चाहन्छु ।

थप जानकारी 

📍 Nova Educational Consultancy Nepal Pvt. Ltd.
स्थान: Kalimati–13, Kathmandu
(माली पेट्रोल पम्प र सिद्धार्थ बैंकको बीचमा)
📞 सम्पर्क: 01-5926477, 9768434877
✉️ इमेल: novaeducational82@gmail.com
🌐 वेभसाइट: www.novaeducational.com

Related News

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्  : मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता
  • २०८२ श्रावण ३१

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको...

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
  • २०८२ श्रावण ३१

कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...

मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
मन्त्री कुलमान घिसिङको स्पष्ट सन्देश: “देश समृद्धि तर्फ उन्मुख हुन सही व्यक्ति छान्नैपर्छ, भाषणले मात्र विकास हुँदैन”
  • २०८२ श्रावण ३१

कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...

TOP