काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । बुधबार बिहान सपना म्यूजिक इन्डस्ट्रिजले ‘म त नराउरी’ बोलको गीत ल्याएको हो । यो गीत ‘पुलतीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो ।गीतको भिडियोमा ललिता पौडेलको अभिनय देख्न सकिन्छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको छ ।
गीतले छोरीको खुसीभन्दा छोरा नै प्यारो हुने, छोरीलाई चुलो चौकोसमै सीमित राख्न खोज्ने, अर्काको घर धान्नुपर्ने भन्दै चुलो पोत्न लगाउने, राती जुठा भाडा राख्न नहुने, तरकारी पकाउँदा चाख्न नहुने, विवाहपछि छोराछोरी नै हुर्काउने भन्दै पढ्न नदिने प्रवृत्तिलाई समेटेको छ। गीतले केही वर्षअघिको नेपाली समाजलाई चित्रण गरेको छ।
भिडिओमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा अभिनय गरेकी मोडल ललिता पौडेल छन्। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ। शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्।
गीतको भिडियो सपना म्युजिक इन्ड्रस्टिजबाट सार्वजनिक गरिएको हो।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...