२०८२ कार्तिक २८
November 14, 2025, Friday

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौँ ।आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।

यस छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुने छन् । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल छानुत भएका थिए भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिका छनौट भएको छ । त्यस्तै २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिंधैं ग्लोबल छनोट खेल्ने छन् । त्यसैगरी अफ्रिका र युरोपबाट ग्लोबल छनौट खेल्ने २-२ तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक देशको टुंगो लाग्न बाँकी रहेको छ ।

१० देशलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने देश विश्वकपमा छनौट हुने छन् । आइसिसीले प्रतियोगिताको खेल तालिका पछि सार्बजनिक गर्ने बताएको छ ।

इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी महिला टी-२० विश्वकप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ ।

यस्तै, क्षेत्रीय छनोट अन्तर्गत एसियाबाट थाइल्यान्ड र नेपाल, अमेरिकाबाट अमेरिका, अफ्रिका र युरोपली छनौटबाट समान २ टोली तथा पूर्वी एसिया–प्रशान्त छनोटमा १ टोलीले ग्लोबल छनौट खेल्ने छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ श्रावण १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ श्रावण १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ श्रावण १५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP