२०८३ बैशाख १३
April 26, 2026, Sunday

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, कम्तीमा पनि १ मजदूर घाइते

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, कम्तीमा पनि १ मजदूर घाइते

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्सको भट्टीमा बिस्फोट भएको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार गएराति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। बिस्फोटमा परेर कम्तीमा पनि एकजना घाइते भएका प्रहरीले जनाएको छ।

भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन । उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

यद्यपि, विस्फोटको ठोस कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको उनले बताए । उद्योगमा भएको भौतिक क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।सो उद्योगमा यसअघि २०७५ असोजमा पनि विस्फोट भएको थियो । त्यसबेला पनि पाँच जना भारतीय मजदुर घाइते भएका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार १९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP