२०८२ फाल्गुन २५
March 9, 2026, Monday

हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

काठमाडौं। हंगेरीको राजधानी बुढापेस्टमा हजारौं मानिसहरूले बुढापेस्ट प्राइडको नामले चिनिने एक कार्यक्रममाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।उनीहरूले सहरका मेयरको आह्वानलाई पालना गरेका हुन् । मेयरले ‘स्वतन्त्रता, सम्मान र समान अधिकारका लागि शान्तिपूर्वक र साहसपूर्वक एकजुट हुन’ आग्रह गरेका थिए ।
बुढापेस्ट प्राइड (बुढापेस्ट प्राइड फिल्म र सांस्कृतिक महोत्सव_ हंगेरीको सबैभन्दा ठूलो वार्षिक एलजीबीटीक्यू कार्यक्रम हो । बुढापेस्ट मार्च हप्ता दिनसम्म चल्ने यो महोत्सवको सबैभन्दा चर्चित कार्यक्रम मानिन्छ ।प्रधानमन्त्री भिक्टर ओर्बानले बुढापेस्ट प्राइड लगायत एलजीबीटीक्यू प्लसका सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएपछि यसको विरोध स्वरुप यो कार्यक्रम आयोजना गरेको बताइएको छ ।<

शनिबार उत्साहित भीडले सहरका सडकहरूमा प्राइड झण्डा र देशका प्रधानमन्त्री भिक्टर ओर्बानको घोचपेच गरिएका प्लाकार्डहरू बोकेर शान्तिपूर्ण ढिलो गतिको जुलुसमा अघि बढेका थिए ।आयोजकहरूले रेकर्ड संख्यामा मानिसहरू उपस्थित भएको अनुमान गरेको बीबीसीले जनाएको छ । यो संख्या अपेक्षा गरिएको ३५, हजार–४०, हजारको सहभागितालाई धेरैले उछिनेको छ ।“हामीलाई लाग्छ कि एक लाख ८० हजार देखि दुई लाख मानिसहरू सहभागी छन्,” बुढापेस्ट प्राइडकी अध्यक्ष भिक्टोरिया राड्भान्यीले एएफपीलाई बताइन् ।

सरकारविरुद्धको यो विशाल प्रदर्शन बुढापेस्ट प्राइडको ३०औं वार्षिकोत्सवको मिश्रित उत्सव थियो ।शनिबारको सहभागिता रेकर्ड स्तरमा पुग्ने अपेक्षा गरिएको थियो ।

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०८२ असार १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०८२ असार १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०८२ असार १५

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP