२०८२ कार्तिक २१
November 7, 2025, Friday

इरान इजरायलबीच आक्रमण जारी

इरान इजरायलबीच आक्रमण जारी

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् ।

इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ।
इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् ।

इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको राजधानी तेहरानमा धेरै विस्फोट र आकासमा मिसाइलहरूको लप्का देखिएको बताएको छ ।

यसैबीच, इरानी मिडियाले इरानको मध्ये भागमा रहेको नातान्जमा वायु रक्षा प्रणाली सक्रिय भएको जानकारी दिएको छ । नातान्ज एक महत्वपूर्ण परमाणु सुविधा रहेको स्थान हो जुन इजरायली आक्रमण सुरु भएदेखि नै इजरायलको आक्रमणको लक्ष्य बनेको छ ।

नातान्ज राजधानी तेहरानको करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ ।

बीबीसीका अनुसार यसअघि, इजरायलले सोमबार राति तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०८२ असार ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०८२ असार ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०८२ असार ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP