२०८२ कार्तिक २८
November 14, 2025, Friday

इरानद्धारा अमेरिका,फ्रान्स र बेलायतका सैन्य अड्डाहरुमा आक्रमण गर्ने चेतावनी

इरानद्धारा अमेरिका,फ्रान्स र बेलायतका सैन्य अड्डाहरुमा आक्रमण गर्ने चेतावनी

काठमाडौं । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने चेतावनी दिएको छ।उसले इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इसराइललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ।

इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ।इसराइलसँगको संघर्षमा बीचमा कोही आए उनीहरूको सैन्य संरचनामा पनि हमला गर्ने भनेर इरानले धम्की दिएको गार्डियनको समाचारमा उल्लेख छ।

शुक्रबार इरानले इसराइलमाथि प्रहार गरेको ड्रोन अमेरिकाले खसालेको बताएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलमा लक्ष्य गरेर इरानबाट भएका हमलालाई अमेरेकी एयर डिफेन्स सिस्टमले नष्ट पारेको बताएका थिए।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि इसराइललाई इरानी हमलाबाट जोगाउन प्रतिरक्षामा सघाउने भनेका थिए।

बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले भने दुई देशबीचको आक्रमण रोकिनुपर्ने बताउँदै आएको गार्डियनले लेखेको छ। उनले इसराइललाई कुनै पनि प्रकारको सहयोग नगरेको पनि बताएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने इरानमाथि इसराइलले हमला गरेको दिन त्यसमा अमेरिकाको कुनै संलग्नता नहुने बताएका थिए।उनले अमेरिकाको संलग्नता नहुने भएकाले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हमला नगर्न इरानलाई चेतावनी समेत दिएका छन्।

शनिबार इरानले इसराइलमाथि जबाफी हमला गर्दा केही मानिसहरूको मृत्यु पनि भएको छ।इसराइली सेनाकै केही कर्मचारी घाइते भएको र भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सिएनएनले आपतकालीन प्रतिक्रिया एजेन्सी म्यागेन डेभिड एडोमलाई उद्धृत गरेर तेल अभिभको दक्षिणमा रहेको रिशोन लेजियोनमा घरहरू नजिकै इरानी क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको र १९ जना घाइते भएको उल्लेख गरेको छ।

यो सँगै इसराइलमा इरानी हमलामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि तेल अभिभको पूर्वी सहर रमात गानमा एक महिलाको मृत्यु भएको थियो।रमत गानको दान क्षेत्रमा इरानले प्रहार गरेको हतियारको ट्रक्रा खसेर ती महिलालाई लागेको सिएनएनले जनाएको छ।

त्यस क्षेत्रमा अरू मानिसहरू पनि घाइते भएको चिकित्सा अधिकारीहरूलाई उद्धृत गरेर इसराइली सैन्य अधिकारीहरूले बताएका छन्।राजधानी तेल अभिभ र जेरूसलेममा शुक्रबार राति विस्फोटका ठूला आवाज सुनिएको भनेर स्थानीयहरूले बताएका छन्

इसराइलका विभिन्न अस्पतालहरुमा पनि घाइतेहरुको उपचार भइरहेको भनिकएको छ। कम्तिमा ३४ जना घाइते रहेको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।इसराइली अधिकारीहरुले पनि शुक्रबार राति मात्रै इरानले एक सय ब्यालिस्टिक मिसाइल इसराइली शहरहरूलाई लक्ष्य गरेर प्रहार गरेको बताएका छन्। तीमध्ये अधिकांश मिसाइलहरू एयर डिफेन्स सिस्टमले निस्तेज पारेको त्यहाँका सैन्य अधिकारीहरूले बताएका छन्।

यद्यपि रमत गान र तेल अभिभमा धेरै भवनहरूमा क्षति पुगेको बताइएको छ।इसराइलको आणविक कार्यक्रमका क्षेत्रहरूमा भने क्षति नपुगेको विज्ञहरूलाई बताएको भनेर रोयटर्सलेले लेखेको छ।

इसराइलले शुक्रबार बिहान इरानमाथि भीषण आक्रमण गरेपछि देशभर आपतकाल घोषणा गरेको थियो। उसले विद्यालयदेखि अस्पतालसम्म बन्द गरेको थियो। राति देखि नै देशभरका एयर डिफेन्स सिस्टम सक्रिय गराएको थियो।त्यसअघि उसले इरानको सैन्य संरचना, हवाइ अड्डा, आणविक हतियार बनाउने वैज्ञानिकहरूको मृत्यु हुनेगरी इरानमा आक्रमण गरेको थियो।इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ।त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।

हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ असार १

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP