काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।
नेपालले यसअघि स्कटल्याण्डविरुद्धको पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको थियो। त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल सिरिजमा अपराजित रहन सफल भएको छ। यस सिरिजको अन्तिम खेल नेपालले यही बिहीबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ।
लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ।
त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानको स्कटल्याण्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ।
नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...