२०८३ बैशाख ५
April 18, 2026, Saturday

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

थ्री स्टार छाड्दै मनाङ फर्किए रुपेश

काठमाडौं – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् ।

क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट गर्दै मनाङ फर्किएको संकेत दिएका छन् । उनले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मलाई मनाङसँग सम्झौता गरेका हुन् । ‘ए’ डिभिजन लिग २९ कात्तिकबाट सुरु हुने तालिका छ । राष्ट्रिय लिगको मिति तय भइसकेको छैन ।

रुपेशले पछिल्लो दुई सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्री स्टारबाट खेलेका थिए । उनले मोफसलको विभिन्न गोल्डकपमा थ्री स्टारको कप्तानी समेत गरेका छन् । मनाङले सन् २०१४ मा सातौं पटक ‘ए’ डिभिजन लिग जित्दा रुपेश टोलीका मुख्य सदस्य रहेका थिए । उनले लिगसँगै मोफसलका केही गोल्डकपमा मनाङको कप्तानी गरिसकेका छन् ।

एन्फा एकेडेमीका उत्पादन केसीले यसअघि हिमालयन शेर्पा क्लबबाट ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । उनले गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका थिए । धनगढी दोस्रो हुन सफल भएको थियो । केसीले सन् २०१२ मा नेहरु कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीमा नियमित रुपमा स्थान बनाउन सकेका छैनन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP