२०८२ फाल्गुन ४
February 16, 2026, Monday

महिलाहरुको शरीरमा किन आउँछ सेता धर्सा ?

महिलाहरुको शरीरमा किन आउँछ सेता धर्सा ?

काठमाण्डौं – अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ ।

शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियााका नजरमा पर्न पुग्छन् ।

सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् ।

शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ । यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन् । कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ ।

सेता धर्सा (स्ट्रेच मार्क्स) पुरुषमा भन्दा पनि धेरैजसो महिलाहरूमा देखा पर्ने गर्दछ। मोटो शरीर एक्कासी दुब्लाउदा, गर्भावस्थापछि वा शरीरको कुनै पनि भागको मासु खुम्चेमा स्ट्रेच मार्क्स बस्ने गर्छ।

गर्भावस्थामा बच्चा पेटमा बढ्दैजाँदा छाला तन्किने र बच्चा जन्मिएपछि एक्कासी छाला खुम्चिने हुँदा छालामा धर्सा बनेर स्ट्रेच मार्क्स बस्छ। गर्भअवस्थामा देखिने स्ट्रेच मार्क्सलाई सामान्य मानिन्छ। तर, बच्चा नजन्माएका अविवाहित युवायुवतीहरूमा समेत स्ट्रेच मार्क्स देखा परेकोले यो चिन्ता को विषय बनेको छ।

छोटो समयमा अत्याधिक मोटाएर छोटो समयमै दुब्लाउँदा छालामा भएको फाइबरहरु ब्रेक हुदा स्ट्रेच मार्क्स बन्ने गर्दछ। कहिलेकाँही थाइराइडको कारण, अत्यधिक तन्किने वाला एक्सर्साइज, जुम्बा डान्स गर्दा पनि हुन सक्छ। स्ट्रेच मार्क्सका कारण सुन्दरतामा र आत्म विश्वासमा कमी आउन थाल्छ।

युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

‘स्ट्रेच माक्र्स’ हुनुअघि कुनै पनि लक्षण देखिँदैन । यस्तो समस्या आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । व्यायाम र खानपिनमा ध्यान दिँदै शरीर सन्तुलित बनाउने नै हो । बेलैमा सचेत भए सेता धर्साहरूको समस्या निम्तिँदैन । त्यसो त यस्ता सेता धर्सा कुनै रोग भने होइन । शारीरिक स्वास्थ्यमा यसले कुनै असर पुर्‍याउँदैन । तर, सौन्दर्यका लागि भने यो घातक देखिन्छ । विभिन्न मस्चराइजरको प्रयोगले यस्ता धर्सा मेटाउने पनि गरिन्छ । लेजर गरेर पनि हटाउन सकिन्छ ।

स्ट्रेच मार्क्स हटाउनका लागि दैनिक खानामा भिटामिन ’ए’, ’सी’, ’इ’ र ’के’ युक्त खानेकुरालाई समावेश गर्नुपर्छ। यस्ता भिटामिनहरूले शरीरको मृत छालाको कोषलाई हटाएर कलेजन उत्पादन गरेर छालालाई नयाँ, नरम र चम्किलो बनाउन मद्दत गर्छ।

सौन्दर्यको भिटामिन मानिने भिटामिन ’ई’ युक्त बडी लोशन तथा क्याप्सूललाई स्ट्रेच मार्क्स भएको ठाउँमा राति सुत्ने समय लगाएमा केही दिनमै राम्रो नतिजा आउनेछ।

Related News

हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
हरेक घरपरिवारलाई जलविद्युत कम्पनीको एकहजार कित्ता शेयर दिने उज्यालो नेपाल पार्टीको घोषणा
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि...

पाकिस्तान भारतसँग ६१ रनले पराजित
पाकिस्तान भारतसँग ६१ रनले पराजित
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको छ । भारतविरुद्ध जवाफी ब्याटिङ गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन फागुन ४, काठमाण्डौं फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको...

TOP