२०८३ बैशाख ९
April 22, 2026, Wednesday

कर्णालीको मुख्य आधार अपर कर्णाली जलविद्युत आयोजना

कर्णालीको मुख्य आधार अपर कर्णाली जलविद्युत आयोजना

कर्णाली प्रदेशको प्रमुख आयोजना मध्यको एक माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण सुरु भए संगै आर्थिक जीवनस्तरमा उल्लेख्य परिवर्तन आउनेमा स्थानीयवासी आशावादी छन् । दुई वर्षअघि मात्रै सुनसान माथिल्लो कर्णाली जलविद्यूत आयोजनाको फिल्ड कार्यालय दैलेखको आठविस नगरपालिका डावमा अहिले बैंकदेखी ब्यापार ब्यवसाय चहलपहल सुरु भयको छ । कर्णाली राजमार्ग छेउमै रहेको आयोजनाको कार्यालयमा छिटपुट देखीने घरहरु भरिभराउ छन् । आयोजना निर्माण सुरुसंगै यहाँको विकास गतिविधिमा उल्लेख्य प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ।

९०० मेगावाट क्षमताको सबैभन्दा सस्तोमा निर्माण हुने सम्भावना रहेको आयोजना हो अपर कर्णाली । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको आयोजनालाई तत्काल अगाडि बढाउन सरकार अग्रसर रहनुपर्ने देखिन्छ । आयोजना निर्माण चरणमा हजारौं जनशक्ति चाहिने भएकाले रोजगारी हुनेछ भने निर्माण सम्पन्न भय पछिका बिबिध पूर्वाधारहरुले सम्पन्न हुने आयोजना आसपासका जिल्लाहरुमा पनि बिकासका गतिबिधि हरुको सुरुवात हुने छ ।र कर्णालीका कुना कुना मा उज्यालो छाउने छ कर्णालीका अर्गानिक उत्पादनको प्रसोधन र उचित ब्यबस्थापन सहित मुख्य बजारहरुमा अर्गानिक कर्णाली मौलाउने र फैलाउने छ ।

२०७४ माघ २७ गते माथिल्लो कर्णाली जलविद्युत आयोजनाको फिल्ड कार्यालयमा भएको बम विस्फोटपछि आयोजनाको काम रोकिएको छ । ड्याम साईट आसपास प्रभावित स्थानमा परेका जंगलका रुखहरु काट्ने तयारी भैरहेको थियो । तर, बम प्रहारपछि ती कामहरु रोकिएको छन् । शान्तीसुरक्षा अनुभुती नभएको भन्दै अहिले काम रोकिएको आयोजनाका कर्मचारीहरु बताउछन । अज्ञात समुहले पर्खाल बाहिरबाट बम प्रहार गरे लगत्तै आयोजनाको फिल्ड कार्यालयमा कर्मचारी समेत छोडेका हुन् । अहिलेसम्म कर्मचारी फिल्डमा पुगेका छैनन् ।

आयोजनाको क्षमताको विषयमा सरकारले प्रस्ट पार्न सके र प्रवद्र्धक कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता (पिडिए)मा देखिएको केही अस्पष्ट प्रावधानलाई हटाउन सके स्थानीयवासी सहमत हुने देखिन्छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकले भारतीय लगानीकर्ता ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)सँग भएको पिडिए सबैले बुझ्ने गरी नेपाली भाषामा उपलब्ध गराउन माग गरेका छन् । जतिसको छिटो वार्ताको माध्यमबाट बिबाद समाधान गरि पिडिए सर्वजनिक गर्नु पर्नेमा सम्बन्धित पक्षको तदारुकता देखिदैन।

परियोजनाले स्थानीयलाई २ मेगावाट र नेपाल सरकारलाई १ सय ८ मेगावाट दिने पीडीए सम्झौतामा जनाईएको छ । साढे ५ वर्ष निर्माण अवधि रहेको माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण कम्पनी जिएमआरले विभिन्न बहानामा आफ्नो समय बढाईरहेको हुनाले विभिन्न खालका संका उप संकाहरु पलाउन थालेका छन् ।

सन २००८ मा गोलोवल टेण्डर मार्फत उत्कृष्ठ कम्पनीका रुपमा भारतिय कम्पनी जिएमआरले पाएको थियो । सन् २०१४ पीडीएमा हस्ताक्षर भएको माथिल्लो कर्णाली जलविद्यूत परियोजनाले विद्युत उत्पादन सन् २०२१ बाट सुरु गर्ने पीडीए सम्झौतामा उल्लेख छ । विद्यूत उत्पादन सुरु भएको २५ वर्षमा आयोजना संञ्चालन भएकै अवस्थामा सन् २०४६ मा कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ भनि उल्लेख गरियको छ  ।

कर, दस्तुर, निःशुल्क उर्जा, र निःशुल्क सेयर गरी नेपालले ४ सय ३० अर्ब नेपाली रुपैँया फाईदा लिने समेत लगानी बोर्डको तथयांकाले जनाएको छ । यसरि कर्णालीको बिकासको मुलधारको रुपमा रहेको अपर कर्णाली आयोजना छिटो बनोस र समुन्नत कर्णालीको मार्ग प्रसस्त होस् भन्ने सपना कर्णाली बासीको रहेको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP