२०८२ कार्तिक २३
November 9, 2025, Sunday

टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, मेलामा यस्ता छन् ग्राहकलाई अफरहरू

टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, मेलामा यस्ता छन् ग्राहकलाई अफरहरू

 

काठमाण्डौं : नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले असोज १ गतेबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजना भएको उक्त मेला ६ दिनसम्म चल्ने छ ।

मेलामा उपहारको बर्षाको साथ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन्। मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउनेछन्। त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यस अफरमा प्रिबुकिङ गरेमात्र पनि ग्राहकहरुले २ हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था पाउनेछन् । यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएमआइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर पाँच हजार नौ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इए.अ.आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इ।एम्।आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्टराइड गरे मात्र पनि ग्राहकले उपहार प्राप्त गर्नेछन्।

 

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP