२०८३ बैशाख ९
April 22, 2026, Wednesday

टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, मेलामा यस्ता छन् ग्राहकलाई अफरहरू

टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, मेलामा यस्ता छन् ग्राहकलाई अफरहरू

 

काठमाण्डौं : नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले असोज १ गतेबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजना भएको उक्त मेला ६ दिनसम्म चल्ने छ ।

मेलामा उपहारको बर्षाको साथ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन्। मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउनेछन्। त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यस अफरमा प्रिबुकिङ गरेमात्र पनि ग्राहकहरुले २ हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था पाउनेछन् । यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएमआइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर पाँच हजार नौ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इए.अ.आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इ।एम्।आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्टराइड गरे मात्र पनि ग्राहकले उपहार प्राप्त गर्नेछन्।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP