जल तथा मौसम विज्ञान विभागले मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएपनि आउने चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ। आजबाट मनसुन निस्क्रीय बन्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै १४ दिन बाँकी रहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेको छ । अन्यवर्षहरुमा सेक्टेम्वर २३ मा मनसुन वाहिरीने समय मान्दै आए पनि यस वर्ष देखि नौ दिन पछि धकेलेर अक्टोवर २ मा मात्र मनसुनी प्रणाली वाहिरिने औसत समय तोेकेको छ । जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...