२०८२ कार्तिक २८
November 14, 2025, Friday

तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

कोशीपारी अनलाइन संवाददाता /काठमाण्डौं
भाद्र १८, २०७८

अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ।

अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार  तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ।

एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए।

अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए।

२० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो। तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ।

झन्डै चार करोड जनसंख्या भएको अफगानिस्तानमा झन्डै आधा मानिसहरूलाई खाद्यान्नको समस्या छ। उनीहरूलाई तत्काल राहत जरूरी छ। अर्थतन्त्र तहसनहस भएको अफगानिस्तानमा सरकार चलाउन  तालिबानहरूलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो छ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ भाद्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ भाद्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ भाद्र १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP