कोशीपारी अनलाईन / काठमाण्डौं
भाद्र १७, २०७८
महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् ।
विद्यालय प्रयोजनमै पनि ल्यापटप र ट्याबलेटमा धेरै समानताहरु छन् । भिडियो कन्फ्रेन्सिङबाट भर्चुअल कक्षा लिने मात्र नभई अनलाइन पाठ्यपुस्तक तथा आलेखहरुमा सहज पहुँच, शिक्षक तथा सहपाठीहरुसँग कक्षा सकिएपछि पनि विभिन्न इमेल वा गुगल क्लासरुम लगायतका अनलाइन लर्निङ सर्भिसहरुको माध्यमहरुबाट सम्पर्कमै रहिरहनका लागि दुवै ग्याजेट निकै सरल तथा सहज हुन्छन् ।
यद्यपि घरबाटै भर्चुअल कक्षा लिइरहेको विद्यार्थीका लागि ल्यापटप ठीक कि ट्याबलेट ठीक भन्ने कुराको छनोट गर्नका लागि केही निश्चित कुराहरुमा ध्यान दिनुपर्दछ । त्यसमा सबैभन्दा पहिलो कुरा बच्चाको उमेर हो । तपाइँले आफ्नो बच्चाको उमेर र उसले कति कक्षामा पढ्दछ भन्ने आधारमा ल्यापटप र ट्याबलेट मध्ये उसका लागि कुन बढी उपयुक्त छ भन्ने कुराको छनोट गर्न सक्नुहुन्छ ।
कम्प्युटरले कसरी काम गर्दछ भन्ने कुराको बारेमा सिकाइकै चरणमा रहेका प्रारम्भिक तहका विद्यार्थीहरुका लागि ट्याबलेट नै उपयुक्त हुन्छ । किनकि बच्चाहरुलाई अनलाइन लर्निङ प्लाटर्फममा लगइन गर्न, वेबसाइट खोल्न, आफ्नो शिक्षक तथा सहपाठीहरुको मेसेज सहजै पढ्नका लागि ट्याबलेटबाट निकै सजिलो हुन्छ । ट्याबलेटमा उनीहरु स्क्रिनमा दिइएको कक्षाकार्य पढ्न वा गृहकार्यका लागि तत्कालै इन्टरनेटको सहयोग लिन पनि सक्दछन् ।
त्यस्तै माध्यमिक वा कलेजस्तरका विद्यार्थीका लागि भने उनीहरुको पाठ्यक्रमको आवश्यकता हेरिकन ल्यापटप उपयुक्त हुन्छ । किनकि माथिल्लो कक्षाका विद्यार्थीहरुको लागि अनलाइन लर्निङ सर्भिसको प्रयोग गर्न, आफ्ना शिक्षक तथा सहपाठीसँग सन्देश आदानप्रदान गर्न, कक्षा तथा गृहकार्य बुझाउनका साथै विभिन्न शोधपत्र लेख्ने तथा पावरप्वाइन्ट प्रस्तुतिहरु तयार गरेर प्रस्तुत गर्ने लगायतका कामका लागि ल्यापटप नै आवश्यक पर्दछ । ल्यापटपमा फिजिकल किबोर्डका कारण टाइप गर्न सजिलो हुने र शिक्षकले पढाइरहेकै बेलामा सम्बन्धित कुनै विषयवस्तु सँग सम्बन्धित तथ्यहरु इन्टरनेटमा तत्कालै खोजेर टिपोट गर्न सकिने हुन्छ । ट्याबलेट भन्दा महँगो हुनुका साथै ल्यापटपमा धेरै स्टोरेज क्षमता पनि हुन्छ । ठूलो कक्षाका विद्यार्थीलाई आफ्ना असाइनमेन्ट तथा महत्वपूर्ण पाठ्य सामग्रीहरु संग्रहित गर्नका लागि धेरै स्पेस चाहिन सक्दछ । यस्तोमा ल्यापटप अनिवार्य बन्दछ ।
यद्यपि आफ्नो ठूलो कक्षामा पढ्ने छोराछोरीका लागि ल्यापटप खरिद गर्ने बेजट छैन भने पनि तपाईंले ट्याबलेटमै फिजिकल किबोर्ड जडान गरेर काम चलाउन सक्नुहुन्छ ।
विद्यार्थीका लागि कुन ल्यापटप उपयुक्त ?
यसका लागि पाँच महत्वपूर्ण कुरामा ध्यान दिनुपर्दछ :
विद्यार्थीका लागि कुन ट्याबलेट सबैभन्दा उपयुक्त ?
यदि तपाईंको बच्चाको अनलाइन कक्षाका लागि ट्याबलेट नै पर्याप्त छ र तपाईं उसका लागि ट्याबलेट खरिद गर्दै हुनुहुन्छ भने त्यस अगाडि केही कुरामा ध्यान दिनुपर्दछ :
स्क्रिन साइज : ट्याबलेटहरु ल्यापटपको तुलनामा निकै हलुका हुन्छन् र यताउति लैजान पनि सजिलो हुन्छ । त्यसैले सानो बच्चाको सहजताको लागि ठूलो स्क्रिन भएका ट्याबलेट खरिद गर्नुहोस् ।
एसेसरिज : अधिकांस ट्याबलेटमा एपहरु नेभिगेट तथा तथा अन्य कामका लागि टचस्क्रिन नै हुन्छ । तथापि आइप्याड तथा माइक्रोसफ्ट सर्फेस प्रो लगायतका कतिपय ट्याबलेटमा टाइप गर्नका लागि अतिरिक्त फिजिकल किबोर्ड र टिपोट गर्ने प्रयोजनका लागि स्टाइलस पनि दिइएको हुन्छ ।
बजेट : बच्चाको अनलाइन पढाइका लागि मात्रै ट्याबलेट खरिद गर्दै हुनुहुन्छ भने धेरै मूल्य हाल्नु युक्तिसंगत नहुन सक्दछ । त्यसैले प्रिमियम ट्याबलेटको साटो बजेट ट्याबलेट खरिद गर्नु उपयुक्त हुन्छ ।
टू इन वान ल्यापटप
ल्यापटप र ट्याबलेट दुबैको रुपमा चलाउन सकिने डिभाइस हो टू इन वान ल्यापटप । यो हलुका हुनुका साथै टचस्क्रिन लगायतका ट्याबलेट जस्तै फिचर र ल्यापटपको जस्तै अपरेटिंग सिस्टम हुन्छ । यो हाइब्रिड ग्याजेट खासगरी कलेजका विद्यार्थीका लागि सबैभन्दा उत्तम छनोट हो । पातलो तथा हलुका हुने भएको हुँदा यो विद्यार्थीले ब्याकप्याकमा हालेर हिड्न पनि सजिलो हुन्छ । कतिपयमा निकाल्न मिल्ने तथा पूर्णरुपमा पट्याउन मिल्ने किबोर्ड हुन्छन् । त्यसैले विद्यार्थीका लागि खास ल्यापटप वा ट्याबलेट भन्दा टू इन वान ल्यापटप सबैभन्दा उपयुक्त हुन्छ । यद्यपि अन्य पारम्परिक ल्यापटपको तुलनामा यसको प्रोसेसिङ पावर कम हुनसक्दछ । त्यसैले स्कुलको काम तथा गेमिङ दुवैका लागि यो काम नलाग्न सक्दछ ।
आखिर विद्यार्थीको प्रयोगका लागि ट्याबलेट र ल्यापटपमध्ये कुन ठीक छ भन्ने कुरा उसको उमेर, कक्षा, आवश्यकता, अभिभावकको क्षमता आदिमा निर्भर गर्दछ ।
ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त भन्ने कुराको छनोटका लागि यी ३ मापदण्डमा विचार गर्नुहोस् :
आकार : तपाईंले ल्यापटप वा ट्याबलेट कहाँ प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । के तपाईंले घरमा प्रयोग गर्दै हुनुहुन्छ ? के विद्यालयमा प्रयोग गर्दै हुनुहुन्छ ? के सजिलैसँग यताउता लैजान सकियोस् भन्ने चाहनुहुन्छ ? त्यसैले प्रयोगको क्षेत्रको पहिचानले तपाईंलाई डिभाइसको साइज छनोटमा सहयोग गर्नेछ ।
मूल्य : सुरुमा तपाईंले आफ्नो बजेट कति छ निधो गर्नुहोस् । तपाईंले आफ्नो बजेट सीमाभित्रैबाट ल्यापटप तथा ट्याबलेटका विकल्पहरुमध्येबाट उपयुक्त विकल्प छनोट गर्न सक्नुहुन्छ ।
कार्यक्षमता : तपाईंले ल्यापटप वा ट्याबलेट कसरी प्रयोग गर्ने योजना बनाउनुभएको छ ? के तपाईंलाई छुट्टै जोडिएको कि बोर्ड आवश्यक पर्दछ ? के तपाईंले कुनै विषयवस्तुमा शोधकार्य गरिरहनु भएको छ वा डिभाइसमा कुनै प्रस्तुतिमा काम गरिरहनु भएको छ ? आफ्नो कामको प्रकृतिका यी विषयहरुका बारेमा प्रष्ट हुनुभयो भने तपाईंले आफ्नो आवश्यकताको उत्तम विकल्प छनोट गर्न सक्नुहुनेछ ।
एजेन्सीको सहयोगमा
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...