२०८३ बैशाख ५
April 18, 2026, Saturday

महिना दिनपछि सुचारु भयो इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन हुन

महिना दिनपछि सुचारु भयो इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन हुन

निर्मला तामाङ
कोशीपारी अनलाइन संवाददाता / सिन्धुपाल्चोक
भाद्र १७, २०७८

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची इन्द्रावती नदिमा आएको लगातारको बाढीका कारण साउन १७ गते देखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत केन्द्र पुनः सञ्चालनमा आएको छ । ७.५ मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिना पछि सञ्चालनमा आएको हो । यसअघि पनि असार १ गतेको मेलम्ची इन्द्रावती नदिको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेबाट संचालनमा आएको थियो । साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा बगाएको दुई ओटा टावर महिना दिन भित्रमा अस्थायी पुनःनिर्माण गरि विद्युत उत्पादन सुचारु गरीएको केन्द्रका का.मु.प्रमुख ईन्जिनियर बसन्तलाल कणर्ले जानकारी दिनुभयो । असार १ गतेको इन्द्रावती नदिमा आएको बाढीले जलविद्युत केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पु¥याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुई वटा टावर बगाएको थियो । तिपेनी स्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको कणर्ले बताउनुभयो । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP