२०८२ कार्तिक २८
November 14, 2025, Friday

महिना दिनपछि सुचारु भयो इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन हुन

महिना दिनपछि सुचारु भयो इन्द्रावती तेस्रोबाट विद्युत उत्पादन हुन

निर्मला तामाङ
कोशीपारी अनलाइन संवाददाता / सिन्धुपाल्चोक
भाद्र १७, २०७८

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची इन्द्रावती नदिमा आएको लगातारको बाढीका कारण साउन १७ गते देखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत केन्द्र पुनः सञ्चालनमा आएको छ । ७.५ मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिना पछि सञ्चालनमा आएको हो । यसअघि पनि असार १ गतेको मेलम्ची इन्द्रावती नदिको बाढीले क्षति पुर्याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेबाट संचालनमा आएको थियो । साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा बगाएको दुई ओटा टावर महिना दिन भित्रमा अस्थायी पुनःनिर्माण गरि विद्युत उत्पादन सुचारु गरीएको केन्द्रका का.मु.प्रमुख ईन्जिनियर बसन्तलाल कणर्ले जानकारी दिनुभयो । असार १ गतेको इन्द्रावती नदिमा आएको बाढीले जलविद्युत केन्द्रको तिपेनीस्थित बाँधमा क्षति पु¥याएको थियो भने मेलम्ची खोलामा आएको बाढीले दुई वटा टावर बगाएको थियो । तिपेनी स्थित बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको कणर्ले बताउनुभयो । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ भाद्र १७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP