कोशीपारी अनलाइन संवाददाता /काठमाण्डौं
भाद्र १७, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ जसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना संक्रमित भेटिएका छन् ।काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित भेटिएका छन् ।
त्यस्तै झापामा १२६, मोरङमा ११२, कास्कीमा १०५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...