२०८३ बैशाख ५
April 18, 2026, Saturday

लिभरपुल र चेल्सीले खेले बराबरी

लिभरपुल र चेल्सीले खेले बराबरी

कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं (एजेन्सी)
भाद्र १३, २०७८

प्रिमियर लिगमा लिभरपुल र चेल्सीले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन।

दुवै गोल पहिलो हाफमा भएको खेलमा चेल्सीका रिस जेम्सले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा रहेर खेलेको थियो । एक खेलाडी कम भए पनि चेल्सीले लिभरपुललाई दोस्रो हाफमा गोल गर्न दिएन ।

लिभरपुलबो घरेलु मैदान एनफिल्डमा खेलको २२औं मिनेटमा काइ हाभार्टले रिस चेम्सको कर्नरमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

लिभरपुलले पहिलो हाफको इन्जुरी टाइममा नाटकीय रुपमा बराबरी गर्‍यो । चेल्सीका रिस जेम्सले गोललाइनबाट बल क्लियर गर्ने क्रममा हातले बल छोएको देखिएपछि भिएआरको सहयोगमा जेम्सलाई रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिएका थिए ।

लिभरपुलका मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफमा लिभरपुलले दबाब बनाए पनि गोल थप्न सकेन ।

यस बराबरीले दुवै टोलीको अपराजित यात्रा कायम रहे पनि शतप्रतिशत जित यात्रा भने रोकिएको छ । दुवै टोलीको समान ७ अंक छ ।

गोलअन्तरका आधारमा चेल्सी दोस्रो र लिभरपुल तेस्रो स्थानमा छ ।

क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेको वेष्टहम ७ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ब्राइटनलाई २-० ले पराजित गर्दै दोस्रो जित हात पारेको एभरटनको पनि ७ अंक भएको छ र चौथो स्थानमा छ ।

लेस्टर सिटीले नर्विच सिटीलाई २-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP