कोशीपारी अनलाईन संवाददाता, काठमाण्डौं
भदौ ५, २०७८
नेपाल तामाङ घेदुङ,इजरायलको अयोजनामा “तामाङ पहिचान र संस्कृति” विषयक बृहत अन्तरक्रिया कार्यक्रम संचलान हुने भएको छ ।
भोलि २२ अगस्ट २०२१ (आइतबार) जुम भर्चुअल मार्फत् हुने उक्त कार्यक्रमको प्रमुख वक्ताका रुपमा मानवशास्त्री डा. मुक्त सिंह तामाङ ज्युरहनुहुनेछ भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ,संघीय अध्यक्ष श्री मोहन गोले तामाङ ज्युरहनुहुने जानकारी नेपाल तामाङ घेदुङ,इजरायलका महासचिव शम्भु घिसिङ तामाङ (निङमा) ले कोशीपारी अनलाईन लाई जानकारी गराउनुभएको छ ।
भदौ ६ मौलिक तामाङ पहिचान र ज्ञान दिवस ( गोने ङ्ञा) को अवसरमा हुन गइरहेको उक्त अन्तरक्रिया कार्यक्रम नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुने जानकारी प्राप्त भएको छ।
महासचिवशम्भु घिसिङ तामाङ (निङमा) द्धारा आज गरिएको निमन्त्रणामा “इजरायलमा हुनुभएका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, संघसंस्थाका अध्यक्ष ज्युहरु, नेपाली दाजुभाइ, दिदिबहिनीहरु, स्वदेश तथा बिदेशमा रहनुभएका तामाङ संघसंस्थाहरुका अध्यक्ष ज्युहरु,बिश्व भरि छरिएर रहनुभएका तामाङ ज्योज्यो आले नाना आङाहरु लगायत नेपाली दिदिबहिनी, दाजुभाइहरुमा तामाङ समुदायको इतिहास, पहिचान,धार्मिक,संस्कृति एवं परम्परा सम्बन्धि जान्न र बुझ्न साथै कार्यक्रमलाई शव्य र भव्यताका साथ सफल पारिदिनुहुन यहाँहरुको गरिमामय उपस्थितिको निमित्त हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछौं” भनिएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...