कोशीपारी अनलाईन संवाददाता, कोशीपारी काभ्रे
साउन ३२, २०७८
पूर्व संसाद एवं पूर्वश्रम राज्यमन्त्री गोविन्द नाथ उप्रेतीलाइ पत्नी शोक परेको छ । उहाँको पत्नी विद्या उप्रेतीको उपाचारको क्रममा गत शनिवार राती धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
निमोनिया सँगै मुटु दुख्ने रोगका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि ६४ वर्षीय विद्यालाई उपचारको लागि धुलिखेल अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा राती ९ बजे उहाँको मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएका थिए। विशेष गरि काभ्रेली जनताका लोकिप्रिय नेताको रुपमा मनिने पूर्व श्रम राज्यमन्त्री गोविन्द नाथ उप्रेती र श्रीमती विद्या भुम्लुमा सामान्य खेतिकिसान गर्दै बस्दै आएका थिए भने उहाँहरुको कुनै सन्तान भने छैनन् । उहाँको अन्त्येष्टि दोलालघाटमा हिजो आईतवार गरेका थिए । काभ्रे जिल्लाका पुराना कम्युनिष्ट नेताका रुपमा स्थापित गोविन्द नाथ उप्रेतिको पत्नीको मृत्युमा जिल्लाका विभिन्न राजनितिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...