२०८२ कार्तिक २१
November 7, 2025, Friday

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

कोशीपारी अनलाईन संवाददाता, काठमाण्डौं
साउन २५, २०७८

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । यसअघि बंगलादेशमा साफ गर्ने तय भए पनि कोभिड–१९ का कारण उसले हात झिकेको थियो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारीका कारण अहिले नेपाल भन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति जनाएको बताए । माल्दिभ्स साफको साविक विजेता समेत हो ।

पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो ।

यस पटक साफमा ५ राष्ट्रले  प्रतिस्पर्धा गर्नेछन् । यस्तै भुटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने एन्फाले जनाएको छ । अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन ।

भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जित्दा नेपाल भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

नेपालले साफका लागि तयारी शुरु गरिसकेको छ । १० दिनको ब्रेकपछि नेपालको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुनेछ ।

Related News

आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...

जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा चार विकेटले हार्यो नेपाल
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...

बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
बोर्डको सहयोगमा सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...

TOP