२०८३ बैशाख ४
April 17, 2026, Friday

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

कोशीपारी अनलाईन संवाददाता, काठमाण्डौं
साउन २५, २०७८

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । यसअघि बंगलादेशमा साफ गर्ने तय भए पनि कोभिड–१९ का कारण उसले हात झिकेको थियो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले कोरोना महामारीका कारण अहिले नेपाल भन्दा माल्दिभ्सको अवस्था केही राम्रो रहेकाले माल्दिभ्समा आयोजना गर्न सहमति जनाएको बताए । माल्दिभ्स साफको साविक विजेता समेत हो ।

पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो ।

यस पटक साफमा ५ राष्ट्रले  प्रतिस्पर्धा गर्नेछन् । यस्तै भुटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने एन्फाले जनाएको छ । अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । पाकिस्तान भने फिफाको प्रतिवन्धमा रहेकाले साफमा सहभागी हुने छैन ।

भारतले अहिलेसम्म सर्वाधिक ७ पटक साफ उपाधि जित्दा नेपाल भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

नेपालले साफका लागि तयारी शुरु गरिसकेको छ । १० दिनको ब्रेकपछि नेपालको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा शुरु हुनेछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ श्रावण २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP