३१ असार, २०७८ जितेन्द्र गुरुङ
कोशीपारी अनलाईन संवाददाता / कावासोती
जिल्ला नवलपुरको कावासोती नगरपालिकामा भोली साउन १ गतेदेखि अगामी साउन ४ गते सम्म कोभिड – १९ विरुद्धको खोप भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिदै छ । कावासोतीका १७ वटा वडामा पायक पर्ने स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको छ । कावासोती नगरपालिकालाई यस पटक ४ हजार १ सय २० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन १ गते वडा नं. १ र ४ को शिव मन्दिर स्वास्थ्य चौकी , वडा नं. ७ र ९ कावासोती स्वास्थ्य चौक्ी , वडा नं. १४ अग्यौली स्वास्थ्य चौकी , वडा नं. ११ र १२ पिठौली स्वास्थ्य चौकी , वडा नं. १७ कुमारवर्ती स्वास्थ्य चौकीमा खोल केन्द्र तोकिएको छ । यस्तै साउन २ गते वडा नं २ शिव मन्दिर स्वास्थ्य चौकी , वडा नं ८ कावासोती स्वास्थ्य चौकी , वडा नं १५ अग्यौली स्वास्थ्य चौकी , वडा नं १३ पिठौली स्वास्थ्य चौकी , वडा नं. १७ कुमारवर्ती स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ । यसैगरी साउन ३ गते वडा नं. ३ शिव मन्दिर स्वास्थ्य चौकी , वडा नं १० कावासोती स्वास्थ्य चौकी , वडा नं १६ अग्यौली स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ । भने , साउन ४ गते वडा नं. ५ र ६ को शिव मन्दिर स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।

नगरपालिले यस पटक ५५ वर्ष भन्दा माथिका विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु, यसभन्दा अगाडि पहिला मात्रा लगाएका र दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरु र सार्वजनिक यातायातमा कार्यरत चालक तथा सह चालकलाई खोप लगाउदै छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...