२०८३ बैशाख ७
April 20, 2026, Monday

थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जनाको मृत्‍यु, निको भए १३१६

थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जनाको मृत्‍यु, निको भए १३१६

कोशीपारी अनलाईन संवाददाता/ काठमाण्डौं
२५ असार, २०७८

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । तीमध्ये ९ हजार ३४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ असार २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ असार २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ असार २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP