२०८३ बैशाख ७
April 20, 2026, Monday

तामाको भाडामा बनाएको रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री राई

तामाको भाडामा बनाएको रक्सी ब्राण्डिङ गर्छौं : मन्त्री राई

कोशीपारी अनलाइन संवाददाता
असार २३, २०७८

प्रदेश-१ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी छन् ।

आफ्नो कार्यक्षेत्र नभएपनि रक्सी ब्राण्डिङका लागि अध्ययन समिति बनाएकी मन्त्री राईले बुधबार प्रदेशसभामा बोल्ने क्रममा तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताएकी हुन् ।

प्रदेश-१ प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताइन् ।

‘रक्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ, राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ ?’ उनले भनिन्,‘ त्यो उत्पादन गर्न हामी गइरहेका छौं ।’

सिलबर र अन्य धातुको भाडामा नभई तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने उनले बताइन् । ‘कुनै सिलबरको भाडामा होइन, कुनै अरु धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानिकरण गर्न गइरहेका छौं,’ सम्बोधनका क्रममा मन्त्रीले भनिन्,‘ अब तामाकै भाडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी बनाउछौँ ।’

उत्पादनपछि वैज्ञानिक रुपमा प्रसोधन गरेर दोस्रो स्टेजमा लैजाने उनले बताए । ‘अब हामी अन्तर्राष्ट्रिय रुपमा जति प्रकारका रक्सीहरु उत्पादन भएका छन् । तिनीहरुलाई जित्ने गरी वैज्ञानिकरण गरेर त्यो भन्दा खान लायकको रुपमा ब्राण्डिङ गर्नेछौं ।’

उनले भनिन्,‘ यसमा जनतालई प्रत्यक्ष रुपमा सहभागि गराउने र राष्ट्रिय पूँजीपति आर्कषित हुनेछन् ।’ उनले रक्सीको व्यापारमा विस्तारै अन्तर्राष्ट्रिय लगानी पनि आउने बताइन् ।

‘सम्मानीय राष्ट्रपतिज्यूहरु प्रधानमन्त्रीज्यूहरुले जब अन्तर्राष्ट्रिय डिनरहरुको उद्घाटन गर्नुहुन्छ, सजिएको ठाउँमा, उज्यालो ठाउमा सबैभन्दा पहिला रक्सी नखोली त्यहाँ स्न्याक्स सुरु हुदैन्,’ उनले अघि भनिन् ‘ हामीले पनि अब नेपालको राष्ट्रियता बोकेको रक्सी उत्पादन गर्नेछौं मिसावट रहित ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ असार २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ असार २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ असार २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP