१४ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – भोलि असार १५ गतेदेखि कामठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छ । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् । आज सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जोर विजोर प्रणालीमा चल्ने बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुहरुको दूरी कायम राख्नुपर्ने छ । हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । 
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...