२०८३ बैशाख ५
April 18, 2026, Saturday

समूह चरणमा नेदरल्यान्ड्सको शतप्रतिशत जित,अस्ट्रिया उपविजेता

समूह चरणमा नेदरल्यान्ड्सको शतप्रतिशत जित,अस्ट्रिया उपविजेता

८ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी नेदरल्यान्ड्स समूह चरणमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। समूह ‘सी’ को विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्‍यो।

सोमबार नेदरल्यान्डको जितमा डिपाएले खेलको २४ मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफमा जर्जिनियो विज्नल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकाल्न सफल भयो। उनले खेलको ५१ र ५८ मिनेटमा गरी दुई गोल गरे। 

जितसँगै नेदरल्यान्ड्सले समूहमा ९ अंक जोड्यो। दोस्रो बनेको अस्ट्रियाले ६ अंक जोड्यो। यो खेलसँगै सकिएको समूहको अर्को खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अस्ट्रिया समूह ‘सी’ को उपविजेताको रुपम अन्तिम १६ मा पुग्यो। 

३ अंक जोडेको युक्रेन भने तेस्रो बन्यो। युक्रेनले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्नेछ। अस्ट्रियालाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा बाउमगान्टरले खेलको २१ मिनेटमा गोल गरेका थिए। सबै खेलमा पराजित भएको नर्थ म्यासेडोनिया भने बाहिरियो।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ असार ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP