७ असार २०७८, कोशीपारी अनलाइन /एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । नेदरल्यान्ड्स समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाट बाहिरिसकेको छ । युक्रेनले अष्ट्रियासँग बराबरी वा जित निकाले दोस्रो स्थान पक्का गर्दै अन्तिम १६ मा प्रवेश गर्नेछ । यता, अष्ट्रियाले युक्रेनलाई हराउन सके दोस्रो स्थान पक्का गर्नेछ । बराबरी वा हारले समूह चरण पार गर्न अन्य टोलीको नजिता कुर्नुपर्नेछ हुन्छ । यस्तै समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले अर्को खेलमा बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्डल अघिल्लो चरण प्रवेश गर्नेछ । यदि बराबरीमा रोकिएको खण्डमा रसियाले हार्नुपर्नेछ । डेनमार्कलाई हराउन सके रसिया अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ । डेनमार्कलाई दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । दुवै खेलको गोलअन्तरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...