२०८२ मंसिर २४
December 10, 2025, Wednesday

नियन्त्रण गर्न असहज हुदै अमेरिकी फौजी किराको प्रकोप,६४ जिल्लामा फैलियो

नियन्त्रण गर्न असहज हुदै अमेरिकी फौजी किराको प्रकोप,६४ जिल्लामा फैलियो

७ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौं – नेपालमा पछिल्लो केही दिनयता पुनः अमेरिकी फौजी किराको प्रकोप बढदो रूपमा छ । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् ।

केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

‘किरा फैलिएको नोटिसमा छ, किराविरुद्ध लड्न विषादी योजना बनाउने हामीले हो, तर कसैले विवरण पठाउँदैनन,’ प्रवक्ता सुवेदीले भने ।

पटक-पटक आग्रह गर्दा पनि प्रदेश र स्थानीय तहबाट जानकारी पाउन नसकिएको उनको भनाइ छ । मुलुक संघीय संरचनामा गएपछि कृषिका कार्यालयहरु प्रदेश र स्थानीय तहमा समायोजन गरिएको र उनीहरुबाट कुनै तथ्याङ्क प्राप्त नभएको केन्द्रले जनाएको छ ।

खेतको मकै उम्रिने बतिक्कै तथा डेढ फिट उचाइको हुँदा फौजी किराको आक्रमणमा परेको र अहिले सो प्रकोप बारीको मकैमा सल्किएको सुवेदीले बताए । केही दिनको झरीले किरालाई निस्कृय बनाएको केही जिल्लाको सूचना आएपनि किराको प्रकोप भने अझै टरिनसकेको उनको भनाइ छ ।

कुन जिल्लामा कति मात्रामा यस्ता किरा फैलिएका छन र यसले पुर्‍याएको क्षति कति हो भन्ने कुनै अभिलेख आजसम्म तयार गर्न नसकिएको विभागको भनाइ छ । केन्द्रले केही ठाउँको स्थलगत अनुगमन गरेको र त्यहाँ किराहरु क्षति गर्न सक्ने अवस्थामा रहेको पाइएको प्रवक्ता सुवेदी बताउँछन् ।

स्थानीय तहले प्रदेश र प्रदेशले केन्द्रलाई सूचाना पठाएपछि बल्ल महामारीविरुद्ध लड्ने एकीकृत योजना बनाउन सकिने भए पनि फैजी किराको केशमा त्यस्तो हुन नसकेको प्रवक्ता सुवेदीले बताए ।

मकै बाली नष्ट गर्ने अमेरिकी फौजी किराको फैलावट र क्षतिबारे कुनै विवरण प्राप्त नभएको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । अघिल्लो वर्ष किराका कारण हुने क्षति अधिक रहेकामा यस पटक त्यस्तो नभएको एक अधिकारी बताउँछन् ।

तर,  कुन-कुन जिल्लामा फैजी किराको अवस्था कस्तो छ भन्ने विवरण भने मन्त्रालयमा उपलब्ध नभएको ती अधिकारीले बताए । सन् २०१९ मा नेपालमा पहिलो पटक फेला परेको अमेरिकी फैजी किराका कारण पहिलो वर्ष कुल मकै खेतीयोग्य जमिनको ३८ प्रतिशत भूभागमा किरा भेटिएको र त्यसमध्ये पनि १६ प्रशितशत क्षेत्रफलको मकै बोटैसमेत सखाप बनाएको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

फौजी किराको फैलावट व्यापक छ भन्ने जान्न यसका लागि प्रयोग हुने विषादीको आयात उच्च भएकोबाट अनुमान गर्न सकिने विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सप्लायर्सले फैजी किरा बिरुद्ध प्रयोग हुने विषादीको माग अधि गरेको प्रवक्ता सुवेदीले बताए ।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ असार ७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ असार ७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ असार ७

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP