७ असार २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – आज नेप्से ७१ दशमलव ०६ अंकले घटेर २,८३४ दशमलव ४० अंकको विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टका लगानीकर्ताले ४ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । एनबिबिएलका इकाइधनीले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...