२०८३ बैशाख ४
April 17, 2026, Friday

काभ्रेमा थपिए असार ७ गतेसम्म निषेधाज्ञा, निषेधाज्ञा केही खुकुलो

काभ्रेमा थपिए असार ७ गतेसम्म निषेधाज्ञा,  निषेधाज्ञा केही खुकुलो

३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ बनेपा काभ्रे – काभ्रेपलान्चोकमा जारी रहेको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमणको अवस्था जिल्लामा उल्लेख्य रूपमा घटी नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । काभ्रेपलान्चोकमा लगाइएको निषेधाज्ञा आज सोमबार मध्यराति १२ बजे सकिंदै छ। जिल्ला प्रशासन कार्यालयले यसपटकको निषेधाज्ञामा केही क्षेत्रमा समय सिमा र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर खुकुलो बनाएको छ । औषधि एवं स्वास्थ्य सामग्री बिक्रीवितरण, बिमा , बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सुरक्षा अपनाई नियमित सञ्चालनको अनुमति दिइएको छ ।

किराना पसल, खाद्यान्न, तरकारी, मासु, दुध डेरि, फलफूल पसल, खानेपानी, ग्यास पसल तथा डिपार्ट्मेन्टल स्टोरको लागि स्वास्थ्य सुरक्षाको पालना गरि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ, पुस्तक पसलहरु बिहान ११:३० बजेदेखि दिनको ४ बजेसम्म, प्रिन्टिङ प्रेसहरुको लागि बिहान १० बजेसम्म र बिकास निर्माण जन्य सामग्री पसलहरुको लागि दिनको ३ बजेदेखि साझा ७ बजेसम्म समयसिमा तोकिएको छ भने अत्यावश्यक सेवाहरु एम्बुलेन्स, दूरसञ्चार, खानेपानी सेवा, बैंक तथा वित्तीय संस्था, दूध, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, कुखुराको दाना, चल्लो एवं पशुपंक्षी कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी साधनहरुमा ब्यानर तथा प्रिन्टमा विषय उल्लेख गरि संचालनको अनुमति दिएको जारी आदेसमा उल्लेख गरेको छ । त्यस्तै निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा जिल्ला भित्र खपत हुने सामग्रीको हकमा साझा ६ बजेदेखि बिहान ७ बजेसम्म र जिल्ला बाहिर लैजानका लागि राती ९ बजेदेखि बिहान ५ बजेसम्म चल्न दिने उल्लेख गरिएको छ तर सार्बजनिक यातायातलाई भने निषेधाज्ञा समय अवधीभर निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलद्वारा आज जारी गरिएको आदेशमा अत्यावश्यक काममा बाहेक हिडडुल गर्न, भेला, सेमिनार, गोष्ठी, तालिम , सम्मेलन, पार्टी प्यालेस एवं सिनेमा हाल संचालन, मेला, जात्रा, महोत्सव, पार्टी तथा भोज जस्ता भिड्भाड हुने कार्यमा निषेध गरिएको छ । सेवा प्रदायक सरकारी कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर न्युनतम कर्मचारीहरुको ब्यवस्थापन गरि कार्यसंचालन गर्ने, विमा समिती तथा विमा कम्पनीहरुले न्युनतम जनशक्ति परिचालन गरि कार्य संचालन गर्ने, सहकारी तथा रेमिटहरुले सिमित कर्मचारीहरुको ब्यवस्थापन गरि आइतबार र बिहीबार सेवा संचालन गर्ने जनाएको छ । त्यस्तै, नेपाल सरकारका कर्मचारीहरुलाई कार्यालयको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने, निषेधाज्ञा भरी होटल तथा रेस्टुरेन्टलाई प्याक गरी खाना–खाजा घरमा लैजाने वा होमडेलिभरी गर्न सक्ने सुविधा पाएका छन्। संचारकर्मी एवं पत्रकारहरुलाई समाचार संकलन र सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने जारी आदेशमा उल्लेख गरेको छ । विवाह, व्रतबन्धको आयोजनाको लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरि घर वा बसेको स्थानमा मात्र गर्ने तथा बिवाहाको हकमा (दुलहा, दुलही समेत ) ७ जना भन्दा बढी नहुने गरि १ वटा सवारी साधन मात्र प्रयोग गर्ने गरि ब्यानरको आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP