२०८३ बैशाख ९
April 22, 2026, Wednesday

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा असार ४ गते

३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ। कम्पनीले उक्त सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा हुने जानकारी दिएको छ । हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा संचालन गर्ने भएको छ। सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक बर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव अघि बढाउने भएको छ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन पश्चात् कम्पनीको पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।सभाबाट आइपीओ निष्काशन प्रस्ताव पश्चात् कम्पनीले बोर्डमा आवेदन दिने छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP