२०८३ बैशाख ७
April 20, 2026, Monday

लोकप्रिय एप नेपाली पात्रोमा अब रेडियो, मौसमका साथै कुण्डली पनि

लोकप्रिय एप नेपाली पात्रोमा अब रेडियो, मौसमका साथै कुण्डली पनि

३१ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – नेपालका लोकप्रिय एप नेपाली पात्रोले अब प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि मौसम विवरणको जानकारी, कुण्डली र रेडियो सेवा सुरु गरेको छ । अब नेपाली पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत लिन सक्नेछन् । त्यसमा एक साताको मौसम विवरणसमेत अगावै लिन सकिनेछ । यससँगै प्रयोगकर्ताले आफ्नो जन्म मिति तथा स्थान प्रदान गरी सजिलै कुण्डली बनाउन सक्नेछन् । जसअनुसार प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्त्रदशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको का बारेमा थाहा पाउन सक्नेछन् । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् ।

नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सुविधायुक्त बनाउनका लागि कम्पनीले समाचार पाठकहरुमा रेडियो पनि सुन्न मिल्ने सुविधा थप गरेको छ ।

नेपाली पात्रो अडियोमा रेडियो नेपाल, रेडियो सिटी साथै करिब १ दर्जन विभिन्न रेडियो समावेश गरिएको छ भने भविष्यमा अझै धेरै रेडियो स्टेसन समावेश गर्ने नेपाली पात्रो टिमको धारणा रहेको छ ।

यी सुविधाहरूको डेभलपमेन्ट सकिएको छ र विस्तारै सबै प्रयोगकर्ताको मोबाइलमा जेठको अन्तिम साताभित्र अपडेट हुने नेपाली पात्रोले जानकारी दिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP