२०८३ बैशाख ५
April 18, 2026, Saturday

आज इजरायलमा नयाँ सरकार गठन हुने

आज इजरायलमा नयाँ सरकार गठन हुने

३० जेष्ठ २०७८, कोशीपारी अनलाइन / विभिन्न एजेन्सीहरुबाट प्राप्त/ इजरायलको सरकारले आइतबार गठबन्धनको नयाँ सरकारलाई अनुमति दिने सम्भावना छ । यससँगै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षको शासनकाल सकिनेछ ।

इजरायलमा बन्ने नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्र धेरै हुनेछ । यद्यपि नयाँ सरकारले इजरायलमा पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको भने अन्त्य हुने विश्वास लिइएको छ । इजरायलमा पछिल्लो दुई वर्षमा तीनपटक निर्वाचन भइसकेको छ । दक्षिणपन्थी नेता नाफ्टाली बेनेट आलोपालो सरकारका प्रधानमन्त्री बन्नेछन् ।

नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन् ।

बेन्जामिन नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन् । नाफ्टाली बेनेट प्रधानमन्त्री बनेसँगै नेतान्याहू दक्षिणपन्थी लिकुड पार्टीका नेता र संसद्मा विपक्षी नेताको रुपमा रहनेछन् । नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन् । उनले छिटै नै नयाँ सरकार ढालिदिने बताएका छन् ।

नेतान्याहूमाथि घुस लिएको, धोकाधडी गरेको र विश्वासघात गरेको आरोपमा मुद्दा चलिरहेको छ । यद्यपि उनले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP