३० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ एजेन्सी / डेनमार्कका मिडफिल्डर क्रिश्चियन एरिक्सन युरो कप फुटबल २०२० अन्तर्गत गए राति फिनल्यान्डविरुद्धको खेलमा मैदानमै बेहोस भएका थिए । हाफटाइम सकिनै लाग्दा एरिक्सनका लागि फालिएको पासलाई प्रहार गर्ने क्रममा उनी ढल्न पुगेका थिए ।
त्यसपछि खेल रेफ्रीले तत्कालै आपतकालीन प्राथमिक उपचारको लागि मैदानमा चिकित्सकको टोली बोलाएका थिए । उनलाई तत्काल मैदानमै आपतकालीन उपचार गरिएको थियो ।
त्यसपछि २९ वर्षीय इन्टर मिलानका खेलाडी एरिक्सनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल लगिएपछि उनी होसमा आएका थिए । हाल उनको अवस्था स्थिर रहेको आयोजक युरोपेली फुटबल सङ्घ (युइएफए)ले जनाएको छ ।
एरिक्सन ढल्न पुग्दा कोपनहेगनमा पहिलो हाफअघि नै खेल स्थगित भएको थियो । उनी होसमा आएपछि खेल पुनः सुचारु गरिएको थियो, जसमा फिनल्यान्डले डेनमार्कमाथि १–० गोलको जित निकालेको छ ।
यता, अस्पतालमा एरिक्सनको निगरानी गरिरहेका चिकित्सकले भने दुःखद खबर सुनाएका छन् । चिकित्सकले एरिक्सन अब कहिल्यै फुटबल खेल्न सक्षम नहुने जनाएका छन् । मुटु रोग विशेषज्ञ सञ्जय शर्माले एरिसक्नले अब फुटबल खेल्न सक्ने सम्भावना कम रहेको बताउँदै सम्भवतः अब उनको फुटबल करिअर समाप्त भएको सङ्केत गरेका हुन् ।
शर्मा फुटबल एसोसियसनका कार्डियोलोजी विभागका प्रमुख हुन् । उनले पिए न्युज एजेन्सीसँग भनेका छन्, ‘यो स्पष्ट छ कि, जे भयो धेरै गलत भयो । तर उनीहरूले चाँडै अस्पताल ल्याएर उनको ज्यान जोगाए । मलाई लाग्दैन कि अब उनी पुनः मैदान उत्रिन सक्छन् ।’
‘उनी लगभग आज मरिसकेका थिए, सम्भवतः केही मिनेटका लागि । तर सुखद समाचार छ कि उनी बाँचे र बाँच्नेछन् । दुःखद समाचार यो पनि छ कि उनले आफ्नो फुटबल करिअर सक्दैछन् । अब उनले पुनः व्यवसायिक फुटबल खेल्छन् भन्ने विषयमा म केही भन्न सक्दिनँ’, उनले थपे ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...