३० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ – फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो ।
संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।
वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ ।
विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई काम गर्दै आइरहेकोराष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५
फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...