२०८३ बैशाख ६
April 19, 2026, Sunday

स्वास्थ्य मन्त्रालयका अनुसार जोखिम घटेको छैन,निषेधाज्ञा थपिन सक्छ

स्वास्थ्य मन्त्रालयका अनुसार जोखिम घटेको छैन,निषेधाज्ञा थपिन सक्छ

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन/काठमाडौं – कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा थप गर्ने विषयमा अहिलेसम्म स्थानीय प्रशासनले कुनै पनि निर्णय गरेको छैन । तर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सिसिएमसी’ ले भने अवस्था अझै सहज नभैसकेकोले निषेधाज्ञा थप गर्न सुझाव दिन सक्ने देखिएको छ ।

काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप एक साता लम्ब्याउने विपयमा कुनै पनि छलफल नगरेको ललितपुल जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने ‘निषेधाज्ञा थप गर्ने विषयमा मैले बोल्दै नबोलेको विषयमा समाचार लेखेर सञ्चार माध्यमका साथिहरुले पङ्गु बनाउनु भयो ।’

केहि समय अगाडि प्रदेश स्तरमा छलफल हुँदा प्रमुख जिल्ला अधिकारीहरुले विस्तारै निषेधाज्ञालाई खुकुलो बनाउदै लैजानु पर्ने सुझाव दिएका थिए । यस बाहेक अहिलेसम्म कुनै पनि छलफल भएको छैन । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले गत १९ गते जेठ मसान्तसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेका थिए ।

जेठ ३१ गते पछि निषेधाज्ञा थप गर्ने या के गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै पनि छलफल पनि नभएको निरौलाले जानकारी दिए । अव केहि दिनमै यस विषयमा छलफल सुरु गर्ने उनले जानकारी दिए ।

आज कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सिसिएमसी’को बैठक बस्दै छ । बैठकले कोभिड १९ को जखिमका विषयमा छलफल गरेर सुझाव दिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले भने ‘जोखिम अझै घटेको छैन । नियन्त्रणका लागि अझै के के गर्ने भन्ने विषयमा आज साझ सिसिएमसीमा छलफल हुँदैछ ।’

अहिले पनि १०० जनामा कोरोना परिक्षण गर्दा १८/१९ जनामा देखिइरहेको छ । यस्तो अवस्थालाई जोखिमपुर्ण अवस्थाको रुपमा लिइन्छ । सामान्य हुनका लागि १०० जनामा कोरोना परिक्षण गर्दा दुई जनामा मात्रै पोजेटिभ देखिनु पर्छ । त्यसैले गर्दा सिसिएमसीले अझै केहि समय निषेधाज्ञा थप गर्न सुझाव दिन सक्ने आकलन गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP