२०८३ बैशाख ३
April 16, 2026, Thursday

आफ्नो नाम नराखेको भन्दै उपाध्यक्षले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखे

आफ्नो नाम नराखेको भन्दै उपाध्यक्षले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखे

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/बुटवल : रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै शिलालेख नै तोडफोड गरेकी छन्।

वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको हो। तर पुल नजिकै राखिएको शिलालेखमा उनको नाम थिएन। उपाध्यक्ष कलवारले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखेकी छन्।

यो पुल कूल ७२ लाखको लागतमा निर्माण भएको हो। २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शिलान्यास गरेका थिए। शिलान्यास र उद्घाटन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार असन्तुष्ट थिइन्।

आफ्नो नाम शिलालेखमा नराखेकोमा अपमान गरिएको उनले बताइन्।

सरकारको लगानी र अध्यक्ष र उपाध्यक्षसहित जनप्रतिनिधिको सहयोगमा पुल बनेकोले शिलालेखमा आफ्नो पनि नाम लेखिनुपर्ने उनको माग थियो।

‘शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उपभोक्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन?,’ उनले प्रश्न गरिन्, ‘महिलालाई सम्मान गर्नुपर्नेमा केवल कागजमा मात्रै सीमित गरिएको छ। म अनुगमन समितिको संयोजक पनि हुँ, तर उद्घाटनमा मलाई जानकारी गराइएन।’

गाउँपालिकाका प्रमुख बनियाँले पुल उद्घाटनको क्रममा भएको घटनालाई सामान्य रूपमा लिनुपर्ने बताए। ‘यस्तो बिबाद अरू स्थानीय तहमा पनि भइरहन्छ,’ उनले भने, ‘जसले उद्घाटन गर्ने हो उसैको नाम शिलालेखमा राख्ने गरिन्छ, त्यसैले उपाध्यक्षको नाम नराखिएको हो।’ बिबाद समाधान गर्न हाल मार्करले उपाध्यक्षको नाम पनि शिलालेखमा लेखिएको र पछि अर्को शिलालेख बनाएर राखिने उनले जानकारी दिए। उपाध्यक्ष कलवारले मार्करले शिलालेखमा नाम लेखेकी थिइन्।

यो पुल लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो। मुख्यमन्त्री शंकर पोखरेलले नै यो पुल उद्घाटन गर्ने तयारी थियो। पछि भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले पुल उद्घाटन गर्ने भनिएको थियो। तर गाउँपालिका प्रमुख तथा उपप्रमुखका बीचमै बिबाद भएपछि मन्त्री गएनन्।

यो पुलको औपचारिक रूपमा उद्घाटन कार्यक्रम नै रोकिएको छ। भारतको सीमासँग जोडिएको २० बिगाहभन्दा बढी नेपाली भूमि डण्डा खोलापारी रहेकोले गाउँपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा पुल निर्माण गरेको हो।

तर गाउँपालिका प्रमुख र उपप्रमुखको आन्तरिक कलहले पुल उद्घाटन गर्नु पहिले नै बिबादमा परेको छ। पुल निर्माण भएपछि डण्डा नदी वारिपारिका करिब पाँच हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP