२० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत भर्खरै सम्पन्न चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपालले ताइपेलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे।
नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्। नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए। ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए।
अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।
जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको चौथो स्थानमा छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...