२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपाल विजय

चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपाल विजय

२० जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडाैं- सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत भर्खरै सम्पन्न चाइनिज ताइपेविरुद्धकाे खेलमा नेपालले जित हात पारेकाे छ।

जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएकाे खेलमा नेपालले ताइपेलाई २–० गाेल अन्तरले पाराजित गरेकाे हाे। नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। 

नेपालले खेलकाे चौथो मिनेटमै अग्रता लिएको थियाे।  नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उनले उक्त पेनाल्टीमा गोल गरेका हुन्।   नेपालका लागि दोस्रो गोल नवयुगले गरे। वैकल्पिक खेलाडी नवयुगले सुमन अर्यालले दिएको पासमा ८१ मिनेटमा गोल गरेका थिए। ८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए।

अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ। 

जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको चौथो स्थानमा छ। 

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ जेष्ठ २०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP