२० जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ – पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ५६२ पीसीआर परीक्षणमा ५ हजार ८२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । यस्तै, २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ । क्वारेन्टाइनमा ८३१ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...